You are viewing the translated version of सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न वा गराउन नहुने कार्यहरु.

Section 4
सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न वा गराउन नहुने कार्यहरु
सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा देहायका कार्य गर्न बा गराउन हुँदैनः-
(क) बेनामी बा छद्यवेशी पहिचान (फेक आइडी, पेज, ग्रुप) सिर्जना गर्ने,
(ख) बेनामी वा छद्यवेशी पहिचान (फेक आइडी, पेज, ग्रुप) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्ने वा कल गर्ने,
(ग) कुनै व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, . यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानूनले. संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य, दृश्य, तस्बिरः सेयर: गर्ने तथा ट्रोल बनाई प्रकाशन र प्रसारण गर्न,
(घ) बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह, जातीय छुवाछुत लगायतका प्रचलित कानूनले वर्जित गरेको क्रियाकलाप गर्न प्रोत्साहन गर्ने,
(ङ) अरूलाइ _ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्विर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने वा हेट स्पीच मानिने कार्य गर्ने, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि "हेट स्पीच" भन्नाले पोस्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्वाव गिग्रने लगायतका दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्विर, भिडियो सम्झनु पर्छ।
(च) डिजिटल माध्यमको प्रयोगबाट एनिमेसन, मोन्टाज लगायतका प्रविधिको प्रयोग मार्फत कुनै व्यक्तिको तस्विर बिकृतरुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्ने, (छ) सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्ने,
(ज) अश्लील शब्द, तस्विर, अडियो, भिडियो_एनिमेसन प्रकाशन, प्रसारण वा सोको समर्थनमा कमेन्ट गर्ने,
(झ) बालबालिकालाई हानी पुन्याउने- सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार लगायतका निषेध गरिएका क्रियाकलापलाई प्रोत्साहन गर्ने,
(ज) मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड:गरी प्रकाशन वा प्रसारण गर्ने,
(ट) साइबर बुलिङ मानिने कार्य गर्ने, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि "साइबर बुलिङ" भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौज गर्ने, गलत सूचना सम्प्रेषण गर्ने लगायतका कार्य सम्झनु पर्छ।
(ठ) लागू औषध सेवन तथा कारोबार गर्न प्रोत्साहन गर्ने,
(ड) जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्ने,
(ढ) आतड्डवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्ने,
(ण) वैयक्तिक गोपनीयता भङ्ग गर्ने,
(त) सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्ने,
(थ) सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोष्टर लगायतका कार्य गर्ने,
(द) बीभत्स तस्विर, भिडियो पोस्ट वा सेयर गर्ने,
(ध) प्रचलित कानूनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्ने,
(न) प्रचलित कानूनले निषेध गरेका क्रियाकलापहरू नक्कल गर्ने तथा सेयर गर्ने ।